‘तिम्रो मेरो साथ’ टिजरः पुष्पको प्रेममा बोल्ड साम्राज्ञीको पागलपन

९ मंसिर २०७९ ९:४८

पौषको २९ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘तिम्रो मेरो साथ’को टिजर आज सार्वजनिक भएको छ । टिजर सार्वजनिक भएसँगै दर्शकमाझ यसलाई लिएर कौतुहलता पनि निक्कै बढ्ने देखिन्छ । विशेषगरि, टिजरमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र नायक पुष्प खड्काविचको प्रेमले दर्शकमा उत्साह बढाउन सक्छ । टिजरमा पुष्पका लागि साम्राज्ञीमा देखिएको पागलपनलाई देखाइएको छ ।

टिजर हेर्दा पुष्पले चलचित्रमा केही फरक काम गरेका छन् कि भन्ने आभाष हुन्छ । चलचित्रको टिजरमा साम्राज्ञीको बोल्ड अवतार पनि प्रस्तुत गरिएको छ ।

चलचित्रमा सन्दीप क्षेत्री, एमिली लामा, सरोज खनाल, खड्क बहादुर पुन र दीपिशा केसीको पनि मुख्य भूमिका छ । रमेश एम के पौडेलको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रका कार्यकारी निर्माता तथा लेखक सविर श्रेष्ठ हुन् । चलचित्रमा पासाङ लामा, अर्नव पौडेलको लगानी छ । निरु भण्डारी, अशोक पोखरेल, सुमन पौडेल र सुधिर पराजुली चलचित्रका सह–निर्माता हुन् ।

चलचित्रमा सविर श्रेष्ठ र बाबुराम निरौलाको लेखन, शिव ढकालको छायांकन, भूपेन्द्र अधिकारीको सम्पादन, रामजी लामिछानेको कोरियोग्राफी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *