पछिल्लो बर्षमा टिकटकको क्रेज बढेसँगै गीतसंगीतमा पनि यूवापुस्ताको मुखमा झुन्डने खालका शब्द प्रयोग गर्न थालिएको छ । यही क्रममा गायक टिका बोमजन र गायिका अन्जु पन्तको स्वरमा ‘ठ्याक्क ठ्याक्क’ बोलको गीत सार्वजनिक भएको छ । रवि मान सिंह बस्न्यातको शब्द रहेको गीतमा टिका बोमजनको संगीत छ । यो गीतको थेगोलाई दर्शकले टिकटकमा बढी प्रयोग गर्न सक्छन् ।
गीत जस्तै यसको भिडियोलाई कोरियोग्राफर तथा निर्देशक राहुल शाहले गज्जब बनाएका छन् । डान्सिङ नम्बरमा तयार पारिएको यो भिडियोमा राहुल र मोडल एलिसा राईले नृत्य गरेका छन् । भिडियोमा पवन सुस्लिङको छायांकन तथा सम्पादन छ ।
यो भिडियोमा एलिसा राई र राहुलको प्रेमलाई रमाइलो तरिकाले प्रस्तुत गरेको छ ।