‘डेसान’पछि नम्रताको हातमा राजु गिरीको ‘नम्बरी सुन’

९ मंसिर २०७९ ५:३७

नायिका तथा मोडल नम्रता सापकोटाको हातमा खासै चलचित्र छैन । उनी, अफर आएका चलचित्र छाड्दिनन् । उनले लकडाउनपछि काम गरेको चलचित्र हो, ‘डेसान’ । यो चलचित्र मंसिरको २३ गतेबाट रिलिज हुँदैछ ।

यो चलचित्र रिलिज नहुँदै नम्रताले निर्देशक राजु गिरीले निर्देशन गर्न लागेको नयाँ चलचित्र ‘नम्बरी सुन’मा काम गर्ने पक्का भएको छ । यो चलचित्रमा नायकको रुपमा आमेष भण्डारी फाइनल भैसकेका छन् ।

७० बर्ष अगाडिको ऐतिहासिक सामाजिक कथामा यो चलचित्र निर्माण गर्ने राजु गिरी बताउँछन् । यो चलचित्रको छायांकन मंसिर ७ गतेबाट सुरु गर्ने बताइएपनि अझै सुरु हुन सकेको छैन । सुवर्ण शिभान्स फिल्मस्को ब्यानरमा निर्माण हुने यो चलचित्रका प्रस्तुतकर्ता, निर्माता तथा कथाकार नारायण खाती हुन् ।

चलचित्रमा सन्तोष श्रेष्ठको संगीत, दिव्य सुवेदीको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *