तयार हुनुहोस् फरेनहाइटमा एक्सिस ब्यान्डसँग झुम्न

९ मंसिर २०७९ ५:२९

 

चर्चित साङ्गीतिक व्याण्ड ‘एक्सिस’ पाँच वर्षपछि काठमाडौंमा ‘एक्सिस लाइभ इन काठमाडौं’मार्फत दर्शक माझ गुञ्जिने भएको छ । पीभीइ नेटवर्कको व्यवस्थापनमा आगामी मङ्सिर १६ गते शुक्रबार अर्थात् डिसेम्बर २ मा क्लबफरेनहाइटमा एक्सिसले कार्यक्रम गर्न लागेको हो ।

पाँच वर्षअघि एक्सिसले नेपालमा दर्शकको हाउसफूल उपस्थितिमा कन्सर्ट गरेको थियो । यो कन्सर्ट पछि एक्सिसले नेपाल बाहिर धेरै सफल कार्यक्रम गरेर दर्शकलाई मनोरञ्जन दिएको थियो ।

पीभीइ नेटवर्कका अनुसार एक्सिसको प्रस्तुती अघि झिल्के एण्ड द कम्पनीले दर्शकलाई झुमाउनेछ । पीभीइले प्रायोजक, कलाकार, इभेन्ट मेनेजमेन्ट कम्पनी, प्रोडक्सट टिम र मनोरञ्जनका अन्य क्षेत्रलाई नयाँ अनुभव दिन कार्यक्रम गर्न लागेको जनाएको छ ।

नेपालमै पहिलोपटक लाइट, साउण्ड, एलइडी, क्यामरादेखि कलाकारको कोरियोग्राफीमा सम्बन्धित क्षेत्रका विज्ञको डिजाइनमा सेट तयार पारिनेछ । कार्यक्रमको प्री–सेल्स टिकट सबै सोल्ड आउट भएको छ र कार्यक्रमका लागि १ हजार र १५ सय टिकट मूल्य निर्धारण गरिएको छ ।

एक्सिसको स्थापना सन् २००३ मा भएको हो । विश्व अनलाइन स्ट्रिम प्लेटफमको रेङ्किङ अनुसार नेपालभरीको बेण्ड क्याटेगोरीमा नेपथ्य, १९७४ एडी, अल्बट्रस र द एज भन्दा पहिलो स्थानमा एक्सिस रहेको छ । बार, क्लब र रेष्टुरेन्टमा गीत नगाउने यो व्याण्डले पहिलोपटक क्लबफरेनहाइटमा क्लोज इभेन्टमा प्रस्तुती दिँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *