सलोन र शिल्पाको ‘मीलन’ सोलो रिलिज, ‘भेडिया’को चुनौती कति ?

९ मंसिर २०७९ ५:२५

हलमा ‘दृश्यम २, उचाई र महापुरुष’को दबदबा कायमै रहेको समयमा नयाँ नेपाली चलचित्र ‘मीलन’ आजबाट रिलिज भएको छ । त्रिकोणात्मक प्रेमकथामा निर्माण भएको यो चलचित्रमा नायक सलोन बस्नेतको साथमा नव–कलाकारहरु कुशल शाह र शिल्पा थापाको मुख्य भूमिका छ ।

यो चलचित्रले शिल्पासँग कुशल र सलोनको प्रेम कथालाई उठाएको छ । टेक पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रले मल्टिप्लेक्समा औषत शोज पाएको छ । दर्शकको वर्ड अफ माउथका कारण चलचित्रको व्यापार शनिबारदेखि बढ्ने निर्देशकको विश्वास छ ।

प्रविन थापा यो चलचित्रका निर्माता हुन् । आजैबाट बलिउड चलचित्र ‘भेडिया’ पनि हलमा लागेको छ । बरुण धवन र कृति सेनन अभिनित यो चलचित्रको चर्चा पनि राम्रो छ ।

दर्शकले आज हलमा छानीछानी चलचित्र हेर्न सक्नेछन् । चलचित्र ‘लाखे’ रिलिज भएपछि नयाँ चलचित्रको रुपमा ‘मीलन’ हलमा लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *