सामन्थालाई पपुलर महिला स्टारको उपाधि

८ मंसिर २०७९ ८:०४

साउथकी सर्वाधिक चर्चित नायिका सामन्था प्रभुलाई पपुलर फिमेल स्टारको उपाधि मिलेको छ । उनले, बलिउडका चर्चित नायिकाहरु आलिया भट्ट, दीपिका पादुकोणलाई पनि पछि पारेकी छिन् ।

हालै मात्र आरम्याक्स स्टार्स इन्डिया लवले उत्कृष्ट १० पपुलर नायिकाको सूची सार्वजनिक गरेको थियो । जसमा सामन्था पहिलो नम्बरमा छिन् भने बलिउड नायिका आलिया भट्ट दोश्रो स्थानमा छिन् ।

यस्तै, तेश्रो स्थानमा नयनतारा, चौथो स्थानमा काजल अग्रवाल, पाँचौ स्थानमा दीपिका पादुकोण, छैटौं स्थानमा रश्मीका मन्दना, सातौं स्थानमा कट्रिना कैफ, आठौं स्थानमा अनुष्का सेट्टी, नवौं स्थानमा कृति सुरेश र दशौं स्थानमा त्रिा कृष्णनको नाम सहभागी छ ।

सामान्था आफ्नो हट अवतार, चलचित्रको कामका कारण पनि बढी चर्चामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *