बिहेको चटारोका बिच सलोनलाई ‘मीलन’को आशा, भोलीबाट रिलिज हुँदै

८ मंसिर २०७९ ७:५४

नायक सलोन बस्नेत मंसिरको १२ गते बैबाहिक जीवनमा बाँधिदैछन् । प्रेमिका करिश्मा केसीसँग बिहे गर्न लागेका सलोनलाई चलचित्रको प्रचारको पनि खुबै दौडधुप छ । उनी अभिनित चलचित्र ‘मीलन’ भोलीबाट देशभर रिलिज हुँदैछ । लभ स्टोरी कथामा निर्माण भएको यो चलचित्रबाट सलोन आशावादी छन् । चलचित्र राम्रो भएकै कारण आफूले काम गरेको सलोन बताउँछन् ।

टेक पौरखी राइको निर्देशनमा तयार भएको यो चलचित्रमा कुशल शाह र शिल्पा थापाको पनि मुख्य भूमिका छ । तर, आम दर्शक र मेकरलाई सलोनमाथि नै भर छ । उनको नामकै कारण पनि दर्शक हलसम्म सुरुवाती दिनमा आउने उनको अपेक्षा छ ।

सलोन बिहे र चलचित्र रिलिजको समय एकैपटक पर्दा दौडधुप भएको बताउँछन् । तर, पनि राम्रो चलचित्र बनेकाले प्रचारमा पनि सहभागी भैरहेको सलोनको तर्क छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *