चितवन २ बाट रवि लामिछानेको शानदार जित

८ मंसिर २०७९ ७:४७

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन क्षेत्र नम्बर २ बाट शानदार विजय निकालेका छन् । प्रतिनिधी सभा निर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट उठेका रविले ४९ हजार २ सय ६१ मत प्राप्त गरे । उनको प्रतिस्पर्धीको रुपमा रहेका नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठले १५ हजार ९९ मत प्राप्त गरे ।

यस्तै, नेकपा एमालेका कृष्णभक्त पोखरेलले १४ हजार ६४९ मत प्राप्त गरेका छन् । रवि ३४ हजार १६२ मत अन्तरले विजयी भएका छन् ।

विजयी भएपछि सामाजिक संजालबाट उनले सबै मतदातालाई धन्यवाद दिएका छन् । साथै, उनले निर्वाचित हुनु भनेको विजयी हुनु नभएर जाँचका दिन जानका लागि सक्षम हुनु रहेको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *