प्रिमियरमा ‘मीलन’लाई सुखद प्रतिक्रिया, कुशल र शिल्पाको कामको तारिफ

७ मंसिर २०७९ ७:३४

मंसिर ९ अर्थात शुक्रबारबाट रिलिज हुन लागेको चलचित्र ‘मीलन’को प्रिमियर आयोजना गरिएको छ । मंगलबार आयोजना भएको प्रिमियरमा उपस्थित चलचित्रकर्मी र पत्रकारले चलचित्र राम्रो बनेको बताए । टेक पौरखी राइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई बरिष्ठ कलाकार निर शाहले दर्शकको मन जित्ने बताए । उनले यो चलचित्रले दर्शकलाई पूर्ण मनोरञ्जन दिने बताए । एक यूवतीका कारण मित्रता कसरी टुक्रिन्छ भन्ने कथामा यो चलचित्र बनेको छ ।

प्रिमियरमा नयाँ कलाकारद्धय कुशल शाह र शिल्पा थापाको कामको प्रशंसा समेत भएको थियो । निर्माता प्रविन थापाले प्रिमियरमा पाएको प्रतिक्रियाले दर्शक हलसम्म आउने बताए । निर्देशक राईले लामो समयदेखिको मिहिनेत अबद दर्शकमाझ आउन लागेको भन्दै उत्साह व्यक्त गरे ।

यो चलचित्रमा सलोन बस्नेत, शिशिर वाङ्देल, सुमिन गुरुङ, जानुका पौडेल लगायतको अभिनय छ । काठमाडौं र कालिञ्चोकमा छायांकन गरिएको चलचित्रमा राहुल राइको छायांकन, तारा थापाको सम्पादन छ । यस्तै चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *