सय करोडको दौडमा ‘दृश्यम २’

७ मंसिर २०७९ ६:०६

नायक अजय देवगणको मुख्य भूमिका रहेको चलचित्र ‘दृश्यम २’ सय करोडको दौडमा लागेको छ । बक्स अफिसमा बम्पर व्यापार गरिरहेको चलचित्रले मंगलबार पनि दुई अंकको व्यापार गर्यो ।

यो चलचित्रले शुक्रबार १५.३८ करोडको व्यापार गर्यो । शनिबार चलचित्रको व्यापार २१.५९ करोड पुग्यो । आइतबार यो चलचित्रले २७.१७ करोडको कमाई गरेको थियो ।

सोमबार चलचित्रको व्यापार ११.८७ करोड रह्यो । मंगलबार १०.४८ करोडको व्यापार गर्दै चलचित्रले रिलिजको ५ दिनमा ८६.४९ करोडको व्यापार गरेको छ । चलचित्रले पहिलो हप्ता सय करोडको आँकडा सहजै पार गर्ने देखिएको छ ।

बलिउड चलचित्रको व्यापार खुम्चिरहेको अवस्थामा यो चलचित्रले भने ठूलो संख्यामा दर्शक हलसम्म तानेको छ । चलचित्रमा तब्बु, अक्षय खन्नाको पनि मुख्य भूमिका छ । विशेषगरि, चलचित्रको समीक्षा उत्कृष्ट आएपछि दर्शक हलमा ओइरिएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *