मत परिणाममा ११ हजारले पछि रेखा

७ मंसिर २०७९ ५:५९

नायिका रेखा थापाले यसपटकको निर्वाचनमा राप्रपाबाट उम्मेदवारी दिइन् । आफ्नै गृह जिल्ला मोरङको क्षेत्र नम्बर ३ बाट रेखा उम्मेदवार बनेकी थिइन् । रेखाको प्रचारप्रसार पनि आक्रामक थियो ।

रेखाले अरु उम्मेदवारहरुले तयारी थाल्नु अगाडि नै मतदाताहरुसँग भेटेर भोट माग्न थालिसकेकी थिइन् । रेखाको चुनावी प्रचार, उनीसँग देखिएको भिड हेर्दा निर्वाचनमा उनको उपस्थिती बलियो हुन्छ भन्ने धेरैको अनुमान थियो । तर, चुनावपछि देखिएको मत परिणामले भने रेखाको क्रेज कमजोर देखाएको छ ।

मोरङ क्षेत्र नम्बर ३ मा रेखाले हालसम्म २ हजार ९ सय ९६ मत प्राप्त गरेकी छिन् । उनी भन्दा नेपाली कांग्रेसका उम्मेदवार डाक्टर सुनिल शर्मा ११ हजार मतले अगाडि छन् । सुनिलले १३ हजार ९ सय ३१ मत प्राप्त गरिसकेका छन् । नेकपा एमालेका भानुभक्त ढकालले ८ हजार ७ सय ४६ मत प्राप्त गरेका छन् ।

रेखाको मतले उनको लोकप्रियता चलचित्रमा मात्र रहेको पुष्टी हुन्छ । रेखासँग तस्वीर खिचाउन दर्शकको बाक्लो भिड देखियो तर जनताले उनलाई पत्याएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *