पानी पर्यो छाता छैन भन्दै नाचे सरोज र स्मारिका

२ मंसिर २०७९ ९:१२

मोडलद्धय सरोज प्रजा र स्मारिका ढकाललाई पानी परेको समयमा छाता नभएपछि समस्या परेको छ । उनीहरुलाई एक गीतको भिडियोमा यस्तो समस्या परेको हो ।

गायक नविन पौडेल र गायिका अस्मिता अaधिकारीको स्वरमा समावेश पानी पर्यो छाता छैन बोलको गीतमा यी दुई कलाकार पानीमा रोमान्टिक बनेका छन् । प्रकाश लामाको यो रोमान्टिक गीतमा शब्द तथा संगीत छ ।

दिनेश पराजुलीको छायांकन रहेको भिडियोमा नविन निरौलाको सम्पादन, सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी छ । सुरेन्द्रले भिडियोमा सरोज र स्मारिकालाई छमछमी नचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *