जब कमल र परिको प्रेममा सुरविर वाधक बने

२ मंसिर २०७९ ८:४५

अमेरिकामा रहँदै आएकी गायिका रानी शाक्यले चर्चित गायक रामकृष्ण ढकालसँग मिलेर नयाँ गीत चाहदिनँ म हाँस्न सार्वजनिक गरेकी छिन् । यो गीतमा निशा शर्मा अर्यालको शब्द र अर्जुन पोखरेलको संगीत छ ।

यो गीतले जातका कारण प्रेममा आउने अवरोधको भावलाई बोकेको छ । साथमा मानिसलाई जातको आधारमा भन्दा पनि कामको आधारमा मुल्यांकन गर्न आवश्यक छ भन्ने कथा भिडियोमा प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा रामचन्द्र अधिकारी, सुरविर पण्डित, कमल सिंह र परि शाक्यको अभिनय छ । भिडियोको निर्देशन रायन कार्कीले गरेका हुन् । भिडियोमा वुद्ध थापाको छायांकन, बिष्णु खड्काको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *