ह्यारी कि प्यारीमा जितु र साम्राज्ञीको रोमान्टिक अवतार

२ मंसिर २०७९ ६:४२

चलचित्र ह्यारी कि प्यारीको प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । मंसिरमा रिलिजको तयारी गरिएको यो चलचित्रलाई अब माघको २० गतेबाट रिलिज गर्ने तयारी यसको निर्माणपक्षले गरेको छ ।

चलचित्र ह्यारी कि प्यारीमा नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र जितु नेपालको मुख्य भुमिका छ । सामाजिक कथावस्तुमा तयार भएको चलचित्रलाई डाक्टर कपिल रिजालले निर्देशन गरेका हुन् । चलचित्रको कथा पनि उनले नै लेखेका हुन् ।

बीआर प्रोडक्शनको प्रस्तुतिमा तयार भएको यो चलचित्रमा बिजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लिराम खनाल लगायतको पनि अभिनय छ ।

नायिका रेखा थापालाई चलचित्रमा विशेष भूमिकामा हेर्न सकिनेछ । चलचित्रमा सुदिप बराल, गिरिराज घिमिरे, कपिल रिजाल र अभिमन्यू निरवीको पटकथा तथा संवाद छ । सुदीप बरालको छायांकन रहेको चलचित्रमा अर्जुन जीसीको सम्पादन छ । नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहको जन्मदिनको अवसर पारेर यो चलचित्रको प्रदर्शन मिति तय गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *