कांग्रेसदेखि स्वतन्त्र पार्टीका उम्मेदवारका लागि भोट माग्दै प्रदीप

१ मंसिर २०७९ १२:४०

मंसिर ४ गतेको निर्वाचन नेपाली फिल्मका कलाकारलाई पनि मज्जैले लागेको छ । करिब एक दर्जन कलाकार चुनाबी मैदानमा छन् । यस्तै, चुनावी मैदान बाहिर रहेका कलाकारहरुले पनि खुलेरै कुनै न कुनै पार्टी वा दलका उम्मेदवारलाई समर्थन गरिरहेका छन् ।

यसमा नायक प्रदीप खड्का सबैभन्दा अगाडि देखिएका छन् । प्रदीपले केही दिन अगाडि नेपाली कांग्रेसका उम्मेदवार बिनोद चौधरीलाई भोट मागेका एि । उनी चौधरीको चुनावी सभामा पुगेरै भोट मागेका थिए ।

उनै प्रदीपले कांग्रेसका नेता गगन थापालाई पनि भोट मागे । गगनलाई भावी प्रधानमन्त्रीको रुपमा हेर्दै प्रदीपले भोट मागे ।

उनै, प्रदीपले काठमाडौं क्षेत्र नम्बर १ का स्वतन्त्र पार्टीका उम्मेदवार पुकार बमका लागि पनि भोट मागेका छन् । आज पुकारसँग भेट गर्दै प्रदीप उनको पक्षमा खुलेका हुन् ।

प्रदीप यसपटक भने राजनीतिमा खुलेरै सक्रिय भएका छन् । यसले, कतै उनी पनि राजनीतिमा आउने बाटो त खाृेजिरहेका छैनन् भन्ने प्रश्न उठाउन सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *