डिसेम्बर फल्सको टिजरमा आर्यनको साउथ स्टाइलको एक्सन, नर्स उपासना

१ मंसिर २०७९ १२:०२

पौषको १५ गतेबाट रिलिज हुन लागेको चलचित्र डिसेम्बर फल्सको टिजर आज सार्वजनिक भएको छ । सार्वजनिक टिजरमा नायक आर्यन सिग्देलको साउथ स्टाइलको एक्सन हेर्न सकिन्छ । आर्यनलाई चलचित्रमा उपासनाका लागि हरेक कुरा गर्न सक्ने एक प्रेमीको भूमिकामा देखाइएको छ ।

उपासना भने चलचित्रमा नर्सको अवतारमा छिन् । उपासनाको यो भूमिकाले पनि चलचित्रप्रति दर्शकमा उत्साह जन्माउँछ । चलचित्रलाई प्रविण झाले निर्देशन गरेका हुन् । महेश गुप्ताको छायांकन रहेको चलचित्रको निर्माण गज्जब रहेको अनुमान लगाउन सकिन्छ ।

चलचित्र डिसेम्बर फल्सलाई रामप्रसाद रिजालले निर्माण गरेका हुन् । चलचित्रले बक्स अफिसमा सुखद कमाई गर्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *