प्रकाश, शिल्पा र करिश्मा ‘निरमाया ठूली’मा छमछमी नाँचे

२५ कार्तिक २०७९ १२:५६

सुपरहिट गीत ‘डाँडाँघरे साइली’पछि यही टिमले नयाँ गीत सार्वजनिक गरेको छ । ‘निरमाया ठूली’ बोलको गीतलाई पनि लोकलयमा तयार पारिएको छ । गीतको अडियो कर्णप्रिय छ । गीतमा स्वरुपराज आचार्य र लक्ष्मी मल्लको स्वर, कृष्ण केसीको शब्द, श्रीकृष्णबम मल्लको संगीत छ ।

मौसम हिमालीको कोरियोग्राफी रहेको यो गीतको भिडियोमा प्रकाश सपुत, शिल्पा पोखरेल र करिश्मा ढकालको अभिनय हेर्न सकिन्छ । नवराज उप्रेतीको छायांकन रहेको भिडियोमा प्रविण भट्टको सम्पादन छ । आफ्नो मन युट्युब च्यानलबाट यो भिडियो सार्वजनिक गरिएको हो ।

गीतको भिडियोलाई यसका मेकरले उत्कृष्ट तरिकाले बनाएका छन् । भिडियोमा प्रकाशसँग करिश्मा र शिल्पाले नृत्य गरेका छन् । मौसमले भिडियोमा नेपाली संकृति, पहिरनलाई गज्जब तरिकाले प्रयोग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *