‘महापुरुष’ तेश्रो सातामा पनि शक्तिशाली, ७ करोड ग्रस कमाई

२५ कार्तिक २०७९ ११:२०

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको चलचित्र ‘महापुरुष’ आजबाट तेश्रो सातामा प्रवेश गरेको छ । यो चलचित्रको बलियो वर्ड अफ माउथका कारण तेश्रो साताको शुक्रबार पनि चलचित्रको व्यापार सुखद छ । भोली शनिबारका लागि समेत केही शोजहरु चाडै भरिने क्रममा छन् । यसले, नेपाली चलचित्र राम्रो बन्यो भने चल्छ भन्ने प्रमाणित समेत गरेको छ ।

बाबु र छोराको सम्बन्धको कथामा बनेको चलचित्रले एकल बाबुको बिहेको कथा भन्छ । चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली लगायतका कलाकारको अभिनय छ ।

यसैविच, यो चलचित्रले दोश्रो सातासम्म ७ करोड ग्रस कलेक्शनको व्यापार गरेको छ । चलचित्रले पहिलो साता साढे ४ करोडको व्यापार गरेको थियो । दोश्रो साता चलचित्रको व्यापार साढे २ करोड छ ।

तेश्रो सातामा पनि यो चलचित्रले सुखद कमाई गर्ने देखिन्छ । यसैले, नेपाली बक्स अफिसमा चलचित्रले ९ करोड आसपासको व्यापार गर्ने प्रक्षेपण गर्न सकिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *