उचाईः सगरमाथालाई विश्वास र उर्जाको रुपमा प्रस्तुत गरेको सशक्त फिल्म

२५ कार्तिक २०७९ १०:३०

आज शुक्रबारदेखि विश्व बजारमा बलिउड चलचित्र ‘उचाई’ रिलिज भएको छ । सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो चलचित्रमा अमिताभ बच्चन, अनुप खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय छ । यो चलचित्रले ४ साथीको मित्रताको कथा भन्छ ।

विशेषगरि, डेनीले नेपालको सगरमाथामा देखेको एउटा सपनालाई पुरा गर्न ३ पाका साथीहरुले गरेको यात्राको कथामा यो चलचित्र बनेको छ ।

चलचित्रमा नेपालको दृश्यलाई सशक्त रुपमा देखाइएको छ । काठमाडौंदेखि सगरमाथाको आधार शिविरसम्मको दृश्यलाई यो चलचित्रले निक्कै नै आकर्षक रुपमा देखाएको छ । साथमा, यो चलचित्रले सगरमाथालाई उर्जा, विश्वासको प्रतिकको रुपमा मानेको छ । चलचित्रमा नेपालको झण्डा समेत देखाइएको छ ।

नेपालको दृश्य र सगरमाथाप्रति विदेशीहरुको विश्वासलाई सशक्त रुपमा देखाइएका कारण पनि यो चलचित्रलाई नेपालीले हेर्न आवश्यक छ । साथमा, चलचित्रले साथीको लागि कतीसम्मको त्याग गर्न सकिन्छ भन्ने कथा भन्छ । यस्तै, चलचित्रले नयाँ पुस्ता र पुरानो पुस्ताविचको फरकलाई पनि प्रस्तुत गरेको छ ।

लामो समयपछि बलिउडमा एउटा पारिवारिक चलचित्र निर्माण भएको छ । यो चलचित्र हेर्न नछुटाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *