‘नाई नभन्नु ल ६’ बैशाख १ बाट रिलिज हुने, ‘भागवत् गीता’सँग भिडन्त पक्का

२५ कार्तिक २०७९ १०:१८

नयाँ दशकको सुरुवात हुने बर्ष वि.सं २०८० को बैशाख १ गते नेपाली चलचित्र ‘नाई नभन्नु ल ४’ रिलिज हुने पक्का भएको छ । हाल यो चलचित्रको छायांकन झापामा भैरहेको छ । झापामा रहेका निर्देशक विकासराज आचार्यले बैशाख १ गतेबाट चलचित्र रिलिज गर्ने तय भएको बताए । उनले यसअगाडि पनि आफूहरुले ‘नाई नभन्नु ल’को सिरिज नयाँ बर्षलाई नै लक्षित गरेर रिलिज गरेको भन्दै यसपटक पनि सोही मितिमा आउने बताए ।

यो मितिमा सुहाना थापाको मुख्य भूमिका रहने चलचित्र ‘भागवत् गीता’ रिलिज हुने पक्का भैसकेको छ । यो चलचित्रको छायांकन सुरु भएको छैन ।

चलचित्र ‘नाई नभन्नु ल ६’मा नायिका आँचल शर्माको मुख्य भूमिका छ । साथमा चलचित्रमा नव–नायक आर्शिवाद क्षेत्रीको पनि मुख्य भूमिका छ । चलचित्रमा अन्य केही बालकलाकारहरुले अभिनय गरिरहेका छन् । चलचित्रलाई विकासले सामिप्यराज तिमिल्सिनासँग मिलेर लेखेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *