नम्रतालाई बोल्ड अवतारमा देखाइएको ‘डेसान’को टिजर सार्वजनिक

२४ कार्तिक २०७९ ११:४१

चलचित्र ‘डेसान’ मंसिरको २३ गतेबाट रिलिज हुने भएको छ । आज टिजर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति सार्वजनिक गरिएको हो । यो चलचित्रले पारिवारिक सम्बन्ध, प्रेममा आउने असमझदारी तथा सामाजिक न्यायको बिषयलाई मुख्य कथावस्तु बनाएको छ ।

कमल एक्चै मगरको निर्देशनमा तयार भएको चलचित्रमा भोलाराज सापकोटा, नम्रता सापकोटा, निशान चौहान, पूनम थापा, कविता आलो, आरुषजंग सारु, मलिका बस्नेत, प्रमिशा सारु मगर लगायतको अभिनय छ ।

पर्फमिङ आर्ट कृएसनको व्यानरमा कृशाला मगर कार्यकारी निर्माता रहेको चलचित्रको कथा राजु काउचाले लेखेका हुन् भने पटकथा र सम्वाद निर्देशक मगरकै हो । चक्रबहादुर महर्जनले खिचेको चलचित्रमा हरि लम्सालको संगीत, राजु थापाको शब्द तथा प्रताप दास र प्रबिशा अधिकारीको स्वर तथा अजय स्याङतेनको कोरियोग्राफी छ । मिलन श्रेष्ठले सम्पादन गरेको चलचित्रलाई एफडी, जिजिए ग्रुप र रिच इन्टरटेन्मेन्टले गर्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *