पुष्प र वर्षाको रोमान्टक फिल्म ‘मनसँग मन’ माघ २० बाट रिलिज हुने

२४ कार्तिक २०७९ १०:०१

चलचित्र ‘मनसँग मन’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र माघको २० गतेबाट नेपालभर रिलिज हुने पक्का भएको हो । सौरभ इन्टरटेन्मेन्ट र बलाली इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो चलचित्रको भारतका केही शहरमा प्रदर्शन गरिएको थियो । जहाँबाट चलचित्रले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाएको निर्माणपक्षले बताएको छ ।

यसअघि पनि केही पटक मिति तोकिएपनि चलचित्र रिलिज हुन पाएको थिएन । तर, यसपटक भने माघ २० गते दर्शकमाझ चलचित्र आउने निर्माणपक्षले जानकारी दियो । कैलाश राइको निर्देशनमा तयार भएको यो चलचित्रलाई अरुण तामाङले निर्माण गरेका हुन् ।

यो चलचित्रमा पुष्प खड्का, वर्षा सिवाकोटी, वुद्दि तामाङ, महेन्द्र बगदास, चाँदनी प्रधान, सन्ते दाको मुख्य भूमिका छ । चलचित्रमा नायक पल शाह र नायिका पूजा शर्मालाई विशेष भूमिकामा देख्न सकिन्छ । चलचित्रमा अर्जुन पोखरेल र अगोम गुरुङको संगीत, कमल राई र रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन, अर्जुन जीसीको सम्पादन छ । चलचित्रलाई लभ स्टोरी जनरामा निर्माण गरिएको छ । चलचित्रको २ वटा गीत पनि निर्माणपक्षले सार्वजनिक गरिसकेको छ ।

यो चलचित्रलाई भारतमा रुचाइएपछि फेरि मंसिर २५ गतेबाट दिल्ली, गुजरात, आसाम लगायतका शहरमा रिलिज गर्न लागिएको निर्माणपक्षले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *