शोभितको ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्री (भिडियोसहित)

२३ कार्तिक २०७९ ११:४८

निर्देशक शोभित बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘बद्री बहादुर’को विदेश राइट्स २० लाखमा बिक्री भएको छ । बुधबार शोभितले पूजा तामाङलाई विदेश अधिकार बेचेका हुन् । पूजा र शोभितले संझौता पत्रमा हस्ताक्षर गरे ।

काठमाडौंमा आयोपित पत्रकार सम्मेलनमा आफूले यही चलचित्रबाट राइट्स खरिदको सुरुवात गरेको पूजाले बताइन् । निर्देशक शोभित बस्नेतले पनि कलाकारको क्रेज, चलचित्रको लगानी हेरेर आफूले चलचित्रको राइट्स २० लाखमा बेचेको सुनाए ।

यो चलचित्रमा नायिका पूजा शर्मा र नायक सलोन बस्नेतको एउटा गीतमा नृत्य छ । चलचित्रको मुख्य कलाकारमा जय किशन बस्नेत, छुल्ठिम गुरुङ, राजीवजंग बस्नेत, धिरेन शाक्य, एलिना गुरुङ लगायतका कलाकारको अभिनय छ । विनोद सापकोटाको छायांकन रहेको चलचित्रमा बन्दे प्रसादको सम्पादन, रामकाजी घिमिरेको लेखन छ ।

रवि अधिकारी कार्यकारी निर्माता रहेको चलचित्रमा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, शिव वीकको नृत्य निर्देशन, शंकर महर्जनको एक्सन छ । चलचित्रलाई काठमाडौं, लमजुङ, धरान र संखुवासभामा खिचिएको छ । शोभितले चलचित्रलाई पूर्ण रुपमा कमेडी कथामा निर्माण गरिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *