प्रभाषको ‘आदिपुरुष’को भीएफएक्स सुधार्न सय करोड खर्च गरिदै

२१ कार्तिक २०७९ १३:१०

साउथका स्टार प्रभाषको नयाँ चलचित्र ‘आदिपुरुष’को प्रदर्शन मिति पोष्टपोन्ड भएको छ । यो चलचित्रलाई जनवरी १३ तारिखबाट रिलिज गर्ने योजना निर्माताको थियो । तर, चलचित्रको टिजर सार्वजनिक भएसँगै यसको आलोचना भएको थियो ।

टिजरमा भीएफएक्स कमजोर भएको आलोचना भएपछि यसको निर्माणपक्षले थप समय लिने भएको छ । योसँगै अब चलचित्र निर्धारित मितिमा रिलिज नहुने भएको छ । यो चलचित्र अब जुनको १६ तारिखबाट रिलिज हुने भारतीय मिडियाले जनाएका छन् ।

निर्माताले चलचित्रको भीएफएक्स सुधार गर्न सय करोड खर्च गर्न लागेका छन् । यसअघि नै चलचित्रमा महंगो लगानी भैसकेको छ ।

ओम राउतको निर्देशनमा तयार भैरहेको चलचित्रमा प्रभाष भगवान् रामको भूमिकामा छन् । यस्तै, रावणको भूमिकामा सैफअली खान छन् भने कृति सेनन सीताको भूमिकामा छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *