‘रानी माया’मा कृष्णसँग अनुको सुहाएको केमेष्ट्री

२१ कार्तिक २०७९ १२:४५

गायक कृष्ण बीकले नयाँ गीत ‘रानी माया’ गायिका समीक्षा अधिकारीसँग मिलेर बजारमा ल्याएका छन् । श्रीकृष्ण बम मल्लको शब्द रहेको गीतमा संगीत र एरेन्ज स्वयम् कृष्ण विकको छ । काठमाडौंमा सोमबार आयोजित एक कार्यक्रममा यो गीत सार्वजनिक गरियो । कार्यक्रममा नायक राजेश हमाल विशेष अतिथीको रुपमा पुगेका थिए ।

गीतमा स्वयम् गायक कृष्णले मोडल अनु आचार्यसँग मिलेर अभिनय गरेका छन् । भिडियोको प्राविधिक पाटो पनि उत्कृष्ट छ । कविराज गहतराजको कोरियोग्राफीलाई संजय लामाले गज्जब तरिकाले खिचेका छन् । बनिश शाहले भिडियोलाई गज्जबको सम्पादन गरेका छन् ।

यो भिडियोलाई जीबी आग्रीले निर्देशन गरेका हुन् । भिडियोको अडियो र भिडियो दुबै पक्ष उत्कृष्ट छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *