आर्यनको बेहुली बन्ने बेनिशाको सपना

२१ कार्तिक २०७९ १२:३०

निखारिएको अभिनय गर्ने नायिका बेनिशा हमालले आफ्नै प्रोडक्शन कम्पनीबाट पहिलो गीत सार्वजनिक गरेकी छिन् । ‘आउन राजा’ बोलको गीत बेनिशाको युट्युब च्यानल माउरी पिक्चर्सबाट सार्वजनिक भएको हो ।

दिक्षा थापा र एसडी योगीको स्वर रहेको गीतमा हर्क साउदको शब्द, एसडीकै संगीत छ । भिडियोमा नायक आर्यन सिग्देल र नायिका बेनिशा हमालको अभिनय हेर्न सकिन्छ ।

भिडियोमा एक यूवतीले बिहेको सपना बुन्दै एक यूवकको कल्पना गरेको कथालाई निर्देशक निकेश खड्काले प्रस्तुत गरेका छन् । प्रविण श्रेष्ठको सम्पादन रहेको यो भिडियोमा हरि हुमागाँइको छायांकन छ ।

बेनिशाले अभिनय गरेको चलचित्र ‘प्रेमगञ्ज’ भदौमा रिलिज भएको थियो । यो चलचित्रबाट बेनिशाको अभिनयको तारिफ भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *