२४ बर्ष कलाकार राजकुमार राइले चलचित्र ‘सोल अफ द कमान्डो’बाट अभिनयमा पुनरागमन गरेका छन् । उनले, सन् १९९८ मा चलचित्र ‘कमाण्डो’मा काम गरेका थिए । यो चलचित्रमा पनि उनको मुख्य भूमिका छ । यो चलचित्र मंसिरको २३ गतेबाट नेपालभर रिलिज हुनेछ ।
यो चलचित्रमा शिशिर वाङ्देल, नरेन खड्का, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा लगायतका कलाकारको अभिनय छ । चलचित्रको निर्देशन युवराज राइले गरेका हुन् ।
चलचित्रमा कार्यकारी निर्माता विजय एल राई हुन् । सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको चलचित्रको निर्मातामा मिलन राई, रवि थापा र धन लिम्बु छन् । चलचित्रको छायांकन दिर्घ गुरुङले गरेका हुन् भने एनबी महर्जनको यसमा एक्सन छ ।