‘डिसेम्बर फल्स’को गीतमा आर्यनसँग रोमान्टिक उपासना

२१ कार्तिक २०७९ १२:०४

नायक आर्यन सिग्देल नयाँ चलचित्र ‘डिसेम्बर फल्स’बाट दर्शकमाझ आउँदैछन् । यो चलचित्र पौषको १५ गतेबाट नेपाल तथा नेपालबाहिर रिलिज हुँदैछ । यसैबिच, चलचित्रमा समावेश ‘चार घन्टा कुरेर’ बोलको गीतको छायांकन सम्पन्न भएको छ । भक्तपुर दरबार स्क्वायरमा भव्य सेटको निर्माण गरेर गीतको भिडियोको छायांकन ४ दिन लगाएर गरिएको हो ।

कोरियोग्राफर रामजी लामिछानेले भव्य सेटमा आर्यन र नायिका उपासना सिंह ठकुरीलाई रोमान्टिक रुपमा प्रस्तुत गरेको बताए । दीपक शर्माको शब्द तथा संगीतमा तयार भएको गीतमा निशान भट्टराई र मेलिना राइको स्वर छ । प्रविण ओझाको निर्देशनमा तयार भएको चलचित्रमा महेश आर गुप्ताको छायांकन, रामप्रसाद रिजालको निर्माण छ ।

यो चलचित्रमा आर्यन, उपासनाको साथमा सुमन थापा, नरेश भट्टराई, सलोन बस्नेत, शिवहरि पौडेल, नागेन्द्र रिजाल, शिशिर राणा लगायतका कलाकारको अभिनय छ । रिजाल एण्ड रिजाल प्रोडक्शनको ब्यानरमा निर्माण भएको चलचित्रमा रामप्रसाद रिजाल र राजकुमार भट्ट निर्माता छन् । बीपीका खनालको कथा, केदार भुषाल र प्रतिक पौडेलको पटकथा तथा संवाद, बनिष शाहको सम्पादन, श्री श्रेष्ठको एक्सन चलचित्रमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *