गायक प्रकाश दूतराजले गरे आत्महत्याको प्रयास

२१ कार्तिक २०७९ ११:३३

नेपाली सांगीतिक क्षेत्रमा आफ्ना केही गीतका कारण चर्चामा आएका गायक प्रकाश दूतराजले आत्महत्याको प्रयास गरेको अनलाइन नेपाल प्रेसले उल्लेख गरेको छ । उनले, अष्ट्रेलियाको एक अपार्टमेन्टमा आत्महत्याको प्रयास गरेका थिए ।

आफू सुतेको कोठामा स्थानीय समय अनुसार रातको २ बजे प्रकाशले डोरी लगाएर झुण्डिने प्रयास गरेका थिए । तर, उनीसँगै सोही अपार्टमेन्टको अर्को कोठामा रहेकी गायिका भूमिका गिरीले देखेपछि उनको उद्धार गरेकी थिइन् ।

अक्टोबर २० तारिखमा भूमिका र प्रकाश सांगीतिक कार्यक्रमका लागि अष्ट्रेलिया पुगेका थिए । प्रकाशको अहिले अवस्था सामान्य छ । प्रकाशको ‘घर कता हो बैनीको, जाम भो माइली, चोली मैलो भो लगायतका गीत चर्चामा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *