‘फूलबारी’को फस्टलुकमा प्रियंका, दया र विपिनको यस्तो गेटअप

२० कार्तिक २०७९ ७:५०

फागुणको ५ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘फूलबारी’को फस्टलुक सार्वजनिक भएको छ । फस्टलुक हेर्दा यो चलचित्र पूर्ण रुपमा पारिवारिक कथामा बनेको वुझ्न सकिन्छ । चलचित्रको फस्टलुकमा नायक विपिन कार्कीलाई केही पाको मानिसको भूमिकामा देखाइएको छ ।

फस्टलुकमा नायक दयाहाङ राई मुस्कुराएका छन् । नायिका प्रियंका कार्की गम्भिर छिन् भने गौमाया गुरुङ र शिल्पा मास्के पनि यो चलचित्रमा छन् । चलचित्रको फस्टलुकमा अरुणा कार्कीको पनि मुस्कान देख्न सकिन्छ ।

रामबाबु गुरुङको निर्देशनमा तयार भएको यो चलचित्रका कार्यकारी निर्माता मणीराम पोख्रेल हुन् । चलचित्रमा कालिप्रसाद बाँस्कोटा र अनुपम शर्माको संगीत, जोश हेरुमको छायांकन छ ।

उपेन्द्र सुब्बाको लेखन रहेको चलचित्रमा कमल किशोर मालपानीको कथा छ । चलचित्रका निर्माता मनिष ढकाल हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *