आमा बनिन् आलिया, छोरीलाई जन्म दिइन्

२० कार्तिक २०७९ ७:४२

नायिका आलिया भट्ट आमा बनेकी छिन् । उनले, आज बिहान मुम्बइको एक अस्पतालमा छोरीलाई जन्म दिएकी छिन् । मुम्बइको एचएन रिलयान्स अस्पतालमा आलियाले छोरीलाई जन्म दिएको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो अस्पतालमा रणवीरका पिता ऋषि कपुरले अन्तिम सास लिएका थिए ।

पिताको निधन भएको अस्पतालमा नै सन्तानलाई जन्म दिने निर्णय आलिया र रणवीरले केही समय अगाडि गरेका थिए ।

आलियालाई बिहानै अस्पताल भर्ना गरिएपछि भारतीय मिडियामा उनी आमा बन्न लागेको खबर सार्वजनिक भएको थियो ।

आलिया र रणवीरले यो बर्षको अप्रिल ५ मा बिहे गरेका थिए । बिहे गरेको ८ महिनामै आलियाले सन्तानलाई जन्म दिएकी हुन् । आलिया र रणवीरले ५ बर्ष डेट गरेपछि बिहे गर्ने निर्णय गरेका थिए । यी दुइले अभिनय गरेको चलचित्र ‘ब्रम्हास्त्र’ यो बर्षको हिट चलचित्रमा पर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *