बेबी बम्प देखाउँदै विपाशाको फोटोसुट

१९ कार्तिक २०७९ १०:४७

आमा बन्ने क्रममा रहेका नायिकाहरुले बेबी बम्प देखाउँदै फोटोसुट गर्नु त कुनै नौलो कुरा नै भएन । यो लहर नेपाली चलचित्रका नायिकाहरुसम्म आइसकेको छ । अझ, बलिउड नायिकाहरुका लागि त यो नयाँ कुरा नै होइन । नायिका विपाशा वासु पनि चाडै आमा बन्दैछिन् । गर्भवती रहेकी विपाशाले हालै मात्र बेबी बम्प देखाउँदै फोटोसुट गरेकी छिन् ।

विपाशाले सामाजिक संजालमा लेखेकी छिन्–‘आफूलाई सधै माया गर्नुहोस् । आफ्नो शरीरलाई सधै माया गरिराख्नुहोस् ।’

विपाशाले नायक करण सिंहसँग सन् २०१६ मा बिहे गरेकी थिइन् । विपाशा र करणले हालै मात्र ‘डेन्जरस’ नामक वेव सिरिजमा काम गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *