कट्रिनाको ‘फोन भूत’को कमजोर ओपनिङ

१९ कार्तिक २०७९ १०:१५

समीक्षकबाट समेत मिश्रित प्रतिक्रिया पाएको बलिउड चलचित्र ‘फोन भूत’ले बक्स अफिसमा पनि कमजोर सुरुवात गरेको छ ।

बरु, हिन्दी भाषामा साउथ चलचित्र ‘कान्तारा’ बक्स अफिसमा बम्पर चलिरहेको छ । नायिका कट्रिना कैफको साथमा २ नायक इशान खट्टर र सिद्धार्थको मुख्य भूमिका रहेको यो चलचित्रले पहिलो दिन २ करोड ५ लाखको व्यापार गरेको छ ।

कट्रिना जस्ती स्टार नायिकाको यो कमजोर ओपनिङ हो । अब, सबैको आँखा शनिबार र आइतबारको बक्स अफिसमा केन्द्रित छ । चलचित्रले तीन दिन सुखद व्यापार गर्न सकेन भने बक्स अफिसमा नराम्रोसँग असफल हुनेछ ।
बलिउड चलचित्रले कोरोना कालपछि ठूलो अंकको व्यापार गर्न गाह्रो परिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *