हिन्दी भर्सनमा ‘कान्तरा’को बम्पर व्यापार

१९ कार्तिक २०७९ ९:४८

साउथ चलचित्र ‘कान्तरा’ले बलिउड चलचित्रका दर्शकलाई अचम्मित बनाइदिएको छ । कन्नड भाषाको यो चलचित्र रिलिज भएको एक सातापछि मात्र हिन्दी भाषामा डब भएको थियो । हिन्दीमा डब भएर भारतमा रिलिज गरिएको या चलचित्रले चौथो हप्ता झनै आक्रामक व्यापार गरेको छ ।

अजय देवगण, अक्षय कुमार जस्ता बलिउड स्टारको चलचित्रले हावा खाएको समयमा यो चलचित्रले भने हिन्दी भाषामा ५० करोडको आँकडा पार गरेको छ । चलचित्रले चौथो हप्ताको शुक्रबार २.१० करोडको व्यापार गर्यो ।

हिन्दी भाषामा यो चलचित्रले हालसम्म ५३ करोडको व्यापार गरिसकेको छ । चलचित्रको व्यापार २ करोड भन्दा तल झरेको छैन । अझ, चलचित्रले पहिलो भन्दा दोश्रो हप्तामा राम्रो व्यापार गर्यो । चौथो हप्ताको व्यापार झनै बढी हुने अपेक्षा गरिएको छ ।

रिसब सेट्टीको अभिनय तथा निर्देशनमा तयार भएको चलचित्रलाई विश्वभरका दर्शकले रुचाएका छन् । नेपालमा पनि यो चलचित्रले सुखद कमाई गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *