‘लाखे’लाई दर्शकको सकारात्मक प्रतिक्रिया, फ्यानले सौगातको खुट्टा ढोगे(भिडियो)

१९ कार्तिक २०७९ ९:४२

कार्तिक १८ अर्थात हिजो शुक्रबारदेखि रिलिज भएको चलचित्र ‘लाखे’ बक्स अफिसमा औषत सुरुवात गरेको छ । शनिबार शुक्रबारको तुलानामा बढी दर्शक आएपनि त्यो पर्याप्त छैन ।

सम्राट बस्नेत निर्देशित यो एक्सन जनराको चलचित्रलाई दर्शकले भने मन पराएका छन् । विशेषगरि, चलचित्रको छायांकनपक्ष र एक्सनलाई दर्शकले मन पराएका छन् । कतिपयले यो चलचित्रलाई ‘लुट’को स्वाद दिने भनेका छन् ।

सौगात मल्ल, अर्पण थापा, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशिट सिटौला, प्रशान्त ताम्राकार, वर्षा राउत लगायतका कलाकारको अभिनय रहेको यो चलचित्रलाई हेर्न बिग मुभिज पुगेका दर्शकले यसको प्रशंसा गरे । उनीहरुले, चलचित्रको हरेक पक्ष राम्रो रहेको पनि बताए ।

दर्शकको प्रतिक्रियाबाट यसका कलाकारहरु खुशी देखिए । हलमा, सौगात, अनुप, आर्यन, रोहित रुम्बा लगायत पुगेका थिए । महंगो बजेटमा बनेको यो चलचित्रले लामो समयसम्म आक्रामक व्यापार गर्नुपर्ने हुन्छ । चलचित्रको क्लाइमेक्स फाइटले भने दर्शक र समीक्षकको मन जितेको छ ।

यसैबिच, शनिबार चलचित्र हेर्न हल पुगेका दर्शकले नायक सौगात मल्लको खुट्टा नै ढोगे । अर्का एक दर्शकले भने ‘लाखे २’लाई नेपाली संकृतिसँग जोडेर बनाउन आग्रह गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *