‘महापुरुष’ दोश्रो सातामा पनि बम्पर, पहिलो साता साढे ४ करोड ग्रस

१९ कार्तिक २०७९ ७:३८

दोश्रो साताको शनिबार चलचित्र ‘महापुरुष’ले आक्रामक व्यापार गरिरहेको छ । विशेषगरि, काठमाडौंका मल्टिप्लेक्समा चलचित्रको व्यापार आक्रामक छ । चलचित्र हेर्न बिहानैदेखि अधिकांश हलमा दर्शकको चाप उच्च छ । चलचित्रका मुख्य कलाकार अरुण क्षेत्री र अन्जना बराइलीको साथमा निर्देशक प्रदीप भट्टराई हल–हलमा पुगिरहेका छन् ।

चलचित्र ‘महापुरुष’ले पहिलो सातामा साढे ४ करोड ग्रस कलेक्शन गरेको निर्माणपक्षले बताएको छ । दोश्रो साताको शनिबारसम्म चलचित्रको व्यापार ५ करोड ग्रस हुने पक्का छ ।

प्रदीप भट्टराई निर्देशित चलचित्र हेर्न परिवारको ठूलो समुह हलमा पुगिरहेका छन् । आज बिहानै मात्र काठमाडौंको बीग मुभिज पुगेकी एक ८४ बर्षिय बृद्धले चलचित्र राम्रो बनेको बताइन् । हलमा दर्शक रुदै निस्किएको देख्न सकिन्छ । अब, लामो समयसम्म नेपाली चलचित्र हलमा नभएकाले पनि दर्शकका लागि यो चलचित्र मुख्य रोजाइमा हुने पक्का छ ।

हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहेको चलचित्रलाई दर्शकले औधी रुचाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *