रेखाले ल्याइन् ‘शिरफूल’, जीवनलाई पर्खदै लक्ष्मी

१८ कार्तिक २०७९ ९:५४

कलाकारद्धय लक्ष्मी बर्देवा र जीवन भट्टराइको जोडीले म्युजिक भिडियो निर्देशन र अभिनयमा नयाँ प्रयोगहरु दिइरहेका छन् । मन छुने भिडियोमा मन छुने अभिनय गर्ने यो जोडीको नयाँ भिडियो सार्वजनिक भएको छ । गायिका रेखा जोशीको स्वरमा समावेश ‘शिरफुल–सुनको बाला २’को गीत सार्वजनिक भएको छ । यो गीतको भिडियोमा जीवन र लक्ष्मीले अभिनय गरेका छन् । भिडियोको निर्देशन पनि यही जोडीले गरेको हो ।

भिडियोमा लक्ष्मी र जीवनको साथमा अश्विनी बर्देवाको अभिनय छ । बुद्ध लामाको छायांकनमा तयार भएको भिडियोमा विष्णु खड्काको सम्पादन छ ।

काठमाडौंमा काम गर्न गएका आफ्ना श्रीमान्लाई संझिएर सुदुरपश्चिमकी एक महिलाले पोखेको भावमा यो गीत तयार पारिएको छ । गीतको अडियो निक्कै नै कर्णप्रिय छ । भिडियोलाई पनि लक्ष्मी र जीवनले उत्कृष्ट बनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *