आजबाट रिलिज भयो ‘लाखे’, प्रिमियरमा भएको थियो एक्सनको तारिफ

१८ कार्तिक २०७९ ७:५२

एक्सन निर्देशनमा सफलता हासिल गरेका सम्राट बस्नेतको निर्देशनमा तयार भएको चलचित्र ‘लाखे’ आजबाट रिलिज भएको छ ।देशभरका हलमा रिलिज भएको यो चलचित्रको सुरुवात भने औषत छ । चलचित्रलाई मल्टिप्लेक्सले औषत शोज उपलब्ध गराएका छन् ।

चलचित्रमा सौगात मल्ल, अर्पण थापा, वर्षा राउत, अनुप विक्रम शाही, आर्यन अधिकारी, सुशिल सिटौला, प्रशान्त ताम्राकार लगायतका कलाकारको अभिनय छ ।|

चलचित्र ‘लाखे’को क्लाइमेक्सको एक्सनको प्रिमियरमा खुबै तारिफ भएको थियो । बक्स अफिसमा मल्टिस्टारर चलचित्रले सुखद व्यापार गर्न आवश्यक छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *