पौष १५ बाट रिलिज हुने भयो प्रियंका र ऋचाको ‘चि मुसी चि’

१८ कार्तिक २०७९ ७:४९

चलचित्र ‘चि मुसी चि’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्र पौषको १५ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ ।

एमी स्टुडियो प्रोडक्शनको ब्यानरमा निर्माण भएको यो चलचित्रमा प्रियंका कार्की, ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरब बिष्ट लगायतका कलाकारको अभिनय छ ।

यो चलचित्रले नेपालमा हरर थ्रिलरको ट्रेन्ड नै स्थापित गर्ने निर्माता अरुण चक्रवर्तीले विश्वास गरेका छन् । चलचित्रलाई मर्ण जेम्स र यश सैनीले मिलेर निर्देशन गरेका हुन् । चलचित्रमा रिञ्जु केसी र अरुण चक्रवर्तीको लगानी छ । यो चलचित्रमा नेपाल र भारतका प्राविधिकहरुले एकसाथ काम गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *