२७ बर्षपछि ‘डिडिएलजे’ले कमायो २५ लाख

१७ कार्तिक २०७९ १२:३४

बलिउड नायक साहरुख खानको जन्मदिनको अवसर पारेर बुधबार भारतका सिमित हलमा चलचित्र ‘दिलवाले दुल्हनिया ले जाएंगे’ रिलिज गरिएको छ ।

साहरुखको जन्मदिनको अवसर पारेर पीभीआर, आइनाक्स, सिनेपोलिस लगायतका सिमित हलमा चलचित्र रिलिज गरिएको थियो । तर, साहरुखको जन्मदिनको अवसरमा यो चलचित्र हेर्न भारतीय दर्शकको ठूलो भीड हलमा देखियो ।

२७ बर्षपछि फेरि रिलिज गरिएको यो चलचित्रले बुधबार २५ लाखको कमाई गरेको भारतीय मिडियाले उल्लेख गरेका छन् । यो चलचित्र सन् १९९५ मा रिलिज भएको थियो । सो समयमा चलचित्रले सबै रेकर्ड ब्रेक गरेको थियो । तर, २७ बर्षपछि फेरि हलमा आउँदा चलचित्रले २५ लाख कमाउनु सामान्य कुरा होइन ।

आदित्य चोपडाको निर्देशनमा तयार भएको यो चलचित्रमा साहरुख खान, काजोल, अम्रिस पुरी लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *