‘कमेडी च्याम्पियन’ र ओएसआर डिजिटलले मिलेर फिल्म बनाउँदै

१७ कार्तिक २०७९ १२:२८

यसअगाडि चलचित्र ‘कोहलपुर एक्सप्रेस’ निर्देशन गरेका विशाल भण्डारीले नयाँ चलचित्र निर्देशन गर्ने भएका छन् । ‘कमेडी च्याम्पियन’को टिमले ओएसआर डिजिटलसँग मिलेर यो चलचित्र बनाउन लागेको हो । चलचित्रको निर्मातामा ओम अग्रवाल छन् । यम थापाले यो चलचित्रको कथा लेखेका छन् ।

बिहिबार निर्देशक भण्डारी, निर्माता अग्रवाल र लेखक थापाविच संझौता भएको छ । थ्रि प्रोडक्शन र ओएसआर डिजिटलको प्रस्तुतिमा बन्न लागेको चलचित्रका लागि कलाकार भने फाइनल गरिएको छैन । केही दिनमै कलाकार फाइनल गरेर पत्रकार सम्मेलन गर्ने निर्देशक भण्डारीले जानकारी दिए ।

निर्देशक भण्डारीले आउँदो बर्षको दशैंमा यो चलचित्र रिलिज गर्ने योजना बनाइएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *