स्वेताकी छोरीको नाम ‘ब्रायना’

१७ कार्तिक २०७९ ११:४५

नायिका स्वेता खड्काले आफ्नी छोरीको नाम ब्रायना राखेकी छिन् । उनले, मंगलबार छोरीलाई जन्म दिएकी थिइन् । छोरी जन्मिएपछि स्वेता र उनका श्रीमान् विजयन्द्रसिंह रावत निक्कै खुशी छन् । दुबैले सामाजिक संजालमा एकपछि अर्को तस्वीर सार्वजनिक गरिरहेका छन् ।

छोरीको नाम ‘ब्रायना’ राखेको भन्दै सामाजिक संजालमा विभिन्न खालका टिप्पणी भैरहेको छ । आइरिस भाषामा ब्रायनाको अर्थ उच्च, नवीन र श्रेष्ठ भन्ने हुन्छ । श्वेताले सामाजिक संजालमा खुशी व्यक्त गर्दै यो सम्पूर्ण क्षण आफू र आफ्नो बच्चाका लागि जादूयी भएको पनि उल्लेख गरेकी छिन् ।

स्वेताले मंगलबार दिउँसो साढे २ बजे छोरीलाई जन्म दिएकी थिइन् । काठमाडौंको ग्रान सिटी अस्पतालमा उनले छोरीलाई जन्म दिएकी हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *