‘लाखे’लाई प्रिमियरमा सुखद प्रतिक्रिया

१७ कार्तिक २०७९ ११:३६

चलचित्र ‘लाखे’को बुधबार काठमाडौंको विश्वज्योती हलमा प्रिमियर सम्पन्न भएको छ । विश्वज्योतीका २ वटै पर्दा बुक गरेपनि मान्छे धेरै हुँदा केहीले चलचित्र नै हेर्न पाएनन् । चलचित्र हेरेका केही चलचित्रकर्मीहरु अगाडिको सिट, सोफामा बसेका थिए ।

सम्राट बस्नेतको निर्देशनमा तयार भएको यो चलचित्रलाई प्रिमियरमा सुखद प्रतिक्रिया मिलेको छ । चलचित्र हेरेर फर्किएका अधिकांशले यसको एक्सन र क्लाइमेक्सलाई रुचाएको बताएका छन् ।

चलचित्र हेर्नका लागि निर्देशक दीपेन्द्र के खनाल, ज्ञानेन्द्र देउजा, सविर श्रेष्ठदेखि विभिन्न चलचित्रकर्मी पुगेका थिए । यस्तै, प्रिमियरमा चलचित्रका मुख्य कलाकारहरु सौगात मल्ल, अनुप विक्रम शाही, अर्पण थापा, आर्यन अधिकारी, सुशिल सिटौला, प्रशान्त ताम्राकार, वर्षा राउत पनि उपस्थित थिए ।

चलचित्रलाई सबैले सस्पेन्स कथामा बनेको एक्सनप्रधान भनेका छन् । चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गर्ने धेरैको विश्वास छ ।

नेपालमा पारिवारिक चलचित्रलाई दर्शकले रुचाइरहेको समयमा एक्सनप्रधान चलचित्र भोलीबाट रिलिज हुँदैछ । चलचित्रले मल्टिप्लेक्समा भने सिमित शोज पाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *