साहरुखको जन्मदिनमा ‘पठान’को ब्लकबस्टर टिजर सार्वजनिक

१६ कार्तिक २०७९ ६:३४

बलिउडका किङ साहरुख खानको जन्मदिनको अवसर पारेर उनी अभिनित नयाँ चलचित्र ‘पठान’को टिजर सार्वजनिक गरिएको छ । विगत ४ बर्षदेखि चलचित्रमा नदेखिएका साहरुखको यो चलचित्रलाई लिएर आम दर्शकमा उत्साह छ ।
यशराज ब्यानरको निर्माणमा तयार भएको चलचित्रलाई सिद्धार्थ आनन्दले निर्देशन गरेका हुन् । सिद्धार्थले यो चलचित्रलाई एक्सनमा केन्द्रित गरेका छन् ।

चलचित्रमा साहरुख खान, दीपिका पादुकोण, जोन अब्राहिम मुख्य भूमिकामा छन् । चलचित्रको टिजरमा साहरुखको धमकेदार एक्सन अवतार देखिएको छ । जहाँ, उनी र जोनविचको भिडन्त दर्शकका लागि रोचक हुनसक्छ । दीपिका हट अवतारमा देखिएकी छिन् । चलचित्र ‘पठान’ जनवरी २५ तारिखबाट विश्व बजारमा रिलिज हुँदैछ ।

साहरुखले आज आफ्नो जन्मदिन फ्यानसँग मनाइरहेका छन् । मध्यरातमा उनको घर मन्नत अगाडि जम्मा भएका हजारौं फ्यानलाई उनले अभिवादन गरेका थिए । साहरुख आजबाट ५७ बर्षमा प्रवेश गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *