३ बर्षपछि भारत फर्किइन् प्रियंका, तर साथमा छैनन् छोरी

१५ कार्तिक २०७९ ८:४८

ग्लोबल स्टार प्रियंका चोपडा ३ बर्षपछि भारत फर्किएकी छिन् । उनी, आज बिहान भारत फर्किएकी हुन् । तर, भारत फर्किदै गर्दा प्रियंकाको साथमा उनका श्रीमान् र छोरी भने देखिएनन् ।

भारत फर्किन पाउँदा प्रियंका निक्कै खुशी देखिएकी छिन् । तर, उनी भारत किन र के कामका लागि आइन् भन्ने खुलेको छैन ।

प्रियंकाले छोरी साथमा नल्याएपछि धेरैले उनलाई यो बिषयमा प्रश्नपनि गरेका छन् । प्रियंका आफ्ना श्रीमान् निक जोनस, छोरी मालती मेरी चोपडाको साथमा अमेरिकामा रहँदै आएकी छिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *