फागुण १९ मा अनमोलको ‘छड्के २’, ‘छक्का पन्जा ४’सँग भिड्ने पक्का

१५ कार्तिक २०७९ ३:०८

नायक अनमोल केसीको मुख्य भूमिका रहेको चलचित्र ‘छड्के २’को प्रदर्शन मिति तय गरिएको छ । यो चलचित्रलाई फागुणको १९ गतेबाट रिलिज गर्ने तय गरिएको छ । निर्माणपक्षले चलचित्रको नयाँ पोष्टर सार्वजनिक गर्दै फागुण १९ गतेलाई प्रदर्शन मिति तय गरेको छ ।

प्रशान्त गिरी र देवकुमार श्रेष्ठको लगानीमा तयार भएको यो चलचित्रलाई निगम श्रेष्ठले लेखन तथा निर्देशन गरेका हुन् । चलचित्रमा निर्भान फिल्म स्कुल र लक्ष्मण काफ्ले कार्यकारी निर्माताको रुपमा छन् । चलचित्रलाई ग्याङस्टारको कथामा निर्माण गरिएको छ । चलचित्रमा अनमोल केसी फरक गेटअपमा देखिएका छन् ।

यो मितिमा दीपकराज गिरी र उनको टिमले तयार पारेको चलचित्र ‘छक्का पन्जा ४’ पनि आउने पक्का भैसकेको छ । यस्तै, यही मितिमा ‘वर एन्ड वधु, परस्त्री, बुलाकी’ आउने पनि पक्का भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *