‘महापुरुष’ले आइतबार कमायो ८८ लाख, सोमबार पनि सुखद व्यापार

१४ कार्तिक २०७९ १४:५१

तिन दिनको बिदालाई भरपुर सदुपयोग गरेको नेपाली चलचित्र ‘महापुरुष’ले आज सोमबार पनि सुखद व्यापार गरेको छ । तिन दिनको तुलानामा आज व्यापारमा गिरावाट आएपनि दिउँसो २ बजेपछिका शोमा चलचित्र बलियो देखियो ।

यो चलचित्रले शुक्रबार १ करोड, शनिबार साढे १ करोडको व्यापार गरेको थियो । यसैबिच, चलचित्रले आइतबार बिदाको दिनमा ८८.७६ करोडको कमाई गरेको निर्माणपक्षले बताएको छ । चलचित्रले ३ दिनमा ३ करोड ३८ लाखको व्यापार गरेको छ । चलचित्रले पहिलो सप्ताहन्तमा ५ करोड ग्रसको व्यापार गर्ने देखिएको छ ।

प्रदीप भट्टराइको निर्देशनमा तयार भएको चलचित्रलाई दर्शकको बलियो वर्ड अफ माउथ छ । जसकाकारण, चलचित्रले लामो रेशको घोडा बन्ने संकेत दिएको छ ।

एकल बाबुको बिहेको कथा भन्ने चलचित्रमा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, गौरी मल्ल, राजाराम पौडेल, अरुण क्षेत्री, अन्जना बराइली लगायतका कलाकारको अभिनय छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *