करिश्मा भन्छिन्–‘हजुरआमाको भूमिका गर्न पनि तयार छु’(भिडियो)

१४ कार्तिक २०७९ १४:४३

नायिका करिश्मा मानन्धरले चलचित्र ‘वान वे’मा काम गरेपछि लामो समय ब्रेक लिइन् । चलचित्रको पर्दामा नदेखिएकी करिश्मा राजनीतिमा सक्रिय भइन् । उनै, करिश्माले सरोज खनालको निर्देशनमा तयार भएको चलचित्र ‘बगान’मा आमाको भूमिका निर्वाहा गरेकी छिन् ।

हुनत, बजारमा करिश्माले आमाको भूमिका निर्वाहा गर्न अस्विकार गरेको चर्चा समेत चल्ने गरेको छ । तर, करिश्माले यो कुरालाई नकारिन् । मिडियासँग कुराकानी गर्दै उनले भनिन्–‘मलाई आमाको के हजुरआमाको भूमिका गर्न पनि समस्या छैन । तर, त्यो चलचित्र भित्र त्यो करिश्मा मानन्धर, जसले नेपाली चलचित्रलाई धेरै लिडिङ भूमिका गरेको छ । म दर्शकको आशालाई निराशामा बदल्न चाहन्नँ । भूमिका मन पर्यो भने मलाई आमा बन्न समस्या होइन ।’

करिश्माले आफूलाई कहिले पनि गम्भिर भूमिकामा अफर नआएको बताइन् । उनले भनिन्–‘मेरो चर्चा सधै सुन्दरता र पहिरनले गर्दा भयो । यसैले, मैले यस्तो भूमिका गर्न सक्दिनँ भनेर अफर नै आएन । सरोज खनालजीले मलाई बल्ल वुझ्नुभयो र बगानमा काम गरेँ ।’

करिश्माले आफूले अब भूमिका परिवर्तन गर्न चाहेको पनि बताइन् । तर, अब आफूलाई सुहाउँदो बलियो भूमिका आउनुपर्ने उनको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *