‘बगान’को ‘उडी छुनु छ आकाश’ गीत सार्वजनिक, करिश्मा र प्रमिलाको पोखिएको पीडा

१४ कार्तिक २०७९ १४:२७

चलचित्र ‘बगान’को ‘उडी छुनु छ आकाश’ बोलको गीतको लिरिकल अडियो सार्वजनिक भएको छ । यो गीतले एक महिलाको आकाश छुने सपनाको कथा बोल्छ । यो चलचित्रलाई नेपाली चलचित्र क्षेत्रका सर्वाधिक सफल कलाकार सरोज खनालले निर्देशन गरेका हुन् । चलचित्रमा नायिका करिश्मा मानन्धर मुख्य भूमिकामा छिन् ।

उनको साथमा चलचित्रमा निर शाह, मिथिला शर्मा, बसुन्धरा भुषाल र नयाँ कलाकार प्रमिला कार्कीको अभिनय हेर्न सकिन्छ । चलचित्रमा सरोजले पनि अभिनय गरेका छन् ।

चलचित्रलाई फागुणको १२ गतेबाट देशभरका हलमा रिलिज गर्ने घोषणा समेत आज आयोजित पत्रकार सम्मेलनमा गरिएको थियो । सुरेश वाग्ले निर्माता रहेको चलचित्रका कार्यकारी निर्माता विनोद मानन्धर हुन् । यो चलचित्रले एकल महिलाले पनि बिहे गर्नुपर्छ भन्ने कथा उठाएको सरोजले बताए ।

चलचित्रको यो गीतमा बानिका प्रधानको स्वर, सुरेश वाग्लेको शब्द, हरि लम्सालको संगीत छ । चलचित्रमा गौरी शंकर धुजुको छायांकन, सन्देश शाहको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *