‘मीलन’ रिलिज पोष्टपोन्ड, अब मंसिर ९ मा दर्शकमाझ आउने

१३ कार्तिक २०७९ १०:१५

कार्तिकको १८ गतेबाट रिलिज हुन लागेको चलचित्र ‘मीलन’को रिलिज पोष्टपोन्ड भएको छ । अब, यो चलचित्र मंसिरको ९ गतेबाट रिलिज हुने निर्माणपक्षले बताएको छ । टेक पौरखी राइको लेखन तथा निर्देशनमा तयार भएको यो चलचित्रलाई लभस्टोरी कथावस्तुमा निर्माण गरिएको छ ।

कार्तिक १८ गते ‘लाखे’ नामक चलचित्र पनि रिलिज हुँदैछ । एकैदिनमा २ नेपाली चलचित्र रिलिज हुनु हुँदैन भन्ने सोच राखेर मंसिर ९ मा पोष्टपोन्ड गरिएको निर्माताले बताएका छन् । यो चलचित्रमा सलोन बस्नेत, कुशल शाह ठकुरी, शिल्पा थापाको मुख्य भूमिका छ । साथमा, चलचित्रमा सुमिन गुरुङ, शिशिर वाङ्देल, बिशाल पहाडी, जानुका पौडेल, रेजिन एक्चै मगर लगायतको अभिनय छ ।

चलचित्रलाई प्रविन थापाले निर्माण गरेका हुन् । चलचित्रमा राहुल राइको छायांकन, तारा थापाको सम्पादन, कविराज गहतराजको कोरियोग्राफी, कुमार महर्जनको एक्सन निर्देशन छ । चलचित्रको ट्रेलर सार्वजनिक भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *